स्थापनाको छोटो समयमै विद्यार्थीको पहिलो रोजाइ: मनास्लु वल्ड कलेज

विगत केही समय अघिदेखि नेपाली शिक्षा क्षेत्र सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। विश्व महामारीका रूपमा फैलिएको कोभिड -१९ ले प्रायः सबै क्षेत्र प्रभावित हुँदा शिक्षा क्षेत्रमा ठुलो धक्का लागेको छ। व्यक्ति व्यक्ति बिचको दुरी कायम गर्नुपर्ने नियमका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुन सकेको छैन भने विकल्पमा प्रयोग गरिएका माध्यमहरू कति प्रभावकारी छन् भन्ने विषय पनि बहसमा छ। यसैबिच माध्यमिक शिक्षा परीक्षा (एस. इ. इ ) को नतिजा प्रकाशित भएको छ भने विद्यार्थीहरू आफलाइ उपयुक्त कलेज छान्ने काममा व्यस्त छन् । आज हामीले तिनै विद्यार्थीको छनोटलाई सहज बनाउने प्रयास गरेका छौँ ।

अ होम फर फ्युचर लिडर्स ´ अर्थात् भावी नेतृत्वकर्ताहरुको घर भन्ने नारासहित स्थापित मनास्लुले आफ्नो नारा अनुसारकै शिक्षण सिकाइ सञ्चालन गरेकाले विद्यार्थीहरूको पहिलो रोजाइ बनेको हो। अबको शिक्षा किताबी ज्ञान दिनेतिर मात्र केन्द्रित नभई जीवनोपयोगी र सिपमा आधारित हुनुपर्छ भन्ने मान्यता मनास्लुको छ। विद्यार्थीले क्याम्पस बाट शिक्षा पूरा गरेर जाँदै  गर्दा एउटा प्रमाणपत्रको खोस्टो मात्रै लान सक्ने वर्तमान अवस्थालाई चुनौती दिँदै त्यो प्रमाणपत्र आजको प्रतिस्पर्धात्मक विश्व बजारमा बिक्न सक्ने बनाउने उद्देश्य क्याम्पसले राखेको छ।

गुणस्तरीय शिक्षाको नारा हरेक स्कुल/ कलेजले दिने भएपनी मनास्लुले नारा भन्दा बढी व्यवहारिक ज्ञानलाई जोड दिएको छ। खास गरी स्कुल तह पार गरिसकेपछि अतिरिक्त क्रियाकलाप कम हुने र त्यसले विद्यार्थीको सिकाइप्रति को अभिरुचि कम हुने बुझेको  मनास्लु व्यवस्थापनले क्याम्पस तहमा पनि अतिरिक्त क्रियाकलापलाई पहिलो  प्राथमिकतामा राखेको छ। विद्यार्थी केन्द्रित शिक्षण सिकाइ पद्धति अवलम्बन गर्दै उच्च शैक्षिक योग्यता र अनुभव भएका प्राध्यापकहरूलाइ सिकाइ सहजीकरण र विद्यार्थीको मनोभावना अनि रुचि अनुसारको ज्ञान दिने भूमिकामा क्याम्पसले लगाएको छ।

कुनैपनी शैक्षिक संस्थाको वातावरण र भौतिक पूर्वाधारले त्यहाँ लिन सकिने ज्ञानको मात्रालाई पनि प्रतिनिधित्व गर्दछ। त्यही कारण मनास्लुले शान्त तथा पारिवारिक वातावरणमा विश्व स्तरीय भौतिक संरचनाहरूको संयोजन गराएको छ। क्याम्पसका प्रत्येक कक्षाकोठामा एसी, प्रोजेक्टर लगायतका आधुनिक सामग्री जडित छन् जसले आधुनिक शिक्षण प्रक्रियालाई सहज बनाएको छ।

क्याम्पसले आफ्ना विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न क्रियाकलापहरू आयोजना गर्दै आएको छ। राष्ट्रिय फुटबल टोलिका पुर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेर कलेजले फुटबलमा सम्भावना खोज्ने विद्यार्थीहरुलाइ प्रोत्साहन गरेको छ। त्यस्तै व्यावसायिक शिक्षा लाई पनि उच्च  प्राथमिकतामा राखिएको छ। आफ्ना विद्यार्थीहरू भोलि बेरोजगार बस्न नपरोस् भन्ने उद्देश्यका साथ स्कुल तहबाटै फोटोग्राफी, भिडियोग्राफी, ग्राफिक्स डिजाइनसङ आदि पेसागत ज्ञान दिने गरेको छ। छिटै कपाल काट्ने, आल्मुनियमको काम लगायतको समेत ज्ञान दिने तयारी रहेको जानकारी दिँदै क्याम्पसका अध्यक्ष गेन्द्र लामा भन्छन्, “हामी  नेपालीहरू कपाल काट्ने काम तराईका ठाकुर जातले वा भारतीयले मात्रै गर्नुपर्छ भन्ने मान्यता राख्छौँ जबकि यही पेसाबाट करोडौँ नेपाली रुपियाँ बाहिरिइरहेको छ। त्यसैले मनास्लुले निकट भविष्यमा आफ्ना विद्यार्थीहरुलाइ यस्ता विषयमा पनि दक्ष बनाउनेछ´´ ।  स्कुल तहबाटै जापानी, कोरियन, चाइनिज आदि भाषा शिक्षण गराउँदा युवाहरू लाई बिदेसिन प्रोत्साहन गरेको आरोप लागेको स्मरण गर्दै उनी अगाडि भन्छन्, “भाषा भनेको बिदेसिन मात्रै होइन, ज्ञान, सीप र त्यो भाषा भित्र अन्तर्निहित जीवनशैली सिक्ने प्रक्रिया पनि हो। विदेशी भाषा सिकेर यहीँ वैदेशिक व्यापार बाट सफल भएका उदाहरण हामीमाझ छैनन् र ? ´´। यी र यस्तै प्रयासका कारण क्याम्पसमा भर्ना गर्न आउने विद्यार्थीले आफूहरूको `ड्रिम कलेज´ को रूपमा क्याम्पसलाई व्याख्या गरेर जाने गरेको उनको भनाइ छ।

 

यस्तो सुबिधा सम्पन्न क्याम्पस भएपनी सबै वर्गको पहुँचमा राख्ने प्रयास व्यवस्थापनले गरेको छ । आर्थिक समस्या भएका विद्यार्थी पनि मनास्लुको ढोका भित्र आएपछि पढाईको अवसरबाट वञ्चित हुनुपर्ने छैन। तोकिएको शुल्क तिर्न सक्नेले तिर्ने र नसक्नेले मनास्लुका विभिन्न मापदण्डभित्र रहेका छात्रवृत्तिमा आवेदन दिएर क्याम्पस भर्ना गर्न सक्छन् । विशेष प्रतिभा वा मनास्लुले लिने प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेर यस्ता स्किमहरूमा सहभागी हुन सकिन्छ ।

Leave A Comment